सोनसिकले आगामी अप्रिल ८ र ९ तारिखमा खेलकुद बिशेष कार्यक्रम गर्दै

कोरियाअपडेट समाचार

मेघनाथ पौडेल ।
सउल/ दक्षिण कोरिया।

कोरियामा रहेका नेपाली बिधयार्थी हरुको साझा संस्था नेपाली बिधयार्थी समाज, सोनसिकले दुई दिने खेलकुद बिशेष कार्यक्रम ‘स्पोर्ट्स मिट’ गर्ने भएको छ । आगामी अप्रिल ८ र ९ तारिखमा गरिने तय भएको उक्त ‘स्पोर्ट्स मिट’ दक्षिण कोरियाको छन्जु स्थित छनबुक राष्ट्रिय बिश्वबिधयालयमा सम्पन्न हुन लागेको हो । बिगतमा पनि यस्तै खेलकुद बिशेष कार्यक्रम ‘स्पोर्ट्स मिट’ गर्दै आएको सोनसिकले यसपाली ‘स्पोर्ट्स मिट’को आठौ संस्करण गर्न लागेको हो ।

प्रतियोगितात्मक उक्त खेलकुद बिशेष कार्यक्रममा फुटसल, बास्केटबल, भलिबल, ब्याडमिन्टन, रिले दौड लगायतका प्रतियोगिताहरु हुनेछन् । हरेक बिधाका खेलका प्रतियोगी मध्येबाट बिजेता र उप-बिजेताहरुका लागि बिशेष पुरस्कारको समेत ब्यवस्था गरिएको सोनसिकले जनाएको छ । उक्त खेलकुद बिशेष कार्यक्रम ‘स्पोर्ट्स मिट’मा कोरियामा रहेर शैक्षिक क्षेत्रमा आवद्द रहेका कोरिया भरिका नेपालीहरुको सहभागिता रहनेछ । जस अन्तर्गत नेपाली बिधयार्थी तथा प्राध्यापकहरुको बाक्लो सहभागिता रहने छ ।

यसैबिच हालै मात्र सोनसिकले एक सार्वजनिक सूचना जारि गर्दै सो कार्यक्रममा सहभागि बन्नका लागि दर्ता खुल्ला गरिएको जानकारी दिएको छ । सूचना अनुसार सहभागिताका लागि https://docs.google.com/forms/d/e/1FAIpQLSfkcaTUhMAhgNcmYvpt1a84ZMVq_ruzqHTJaSkyL5WrvFmz4A/viewform मा गई अनलाइन मार्फत सहभागीका रूपमा अथवा प्रतियोगिका रूपमा सिधै दर्ता गर्न सकिने छ । निश्चित दर्ता शुल्क तोकिएको र जस मार्फत सहभागीलाई दुई दिन सम्म खाना तथा बसोबासको समेत ब्यवस्था गरिएको सोनसिकको जारि सूचनामा छ ।

उच्च शिक्षाका लागि कोरिया आएका नेपालीहरुको अधिकतम समय बिश्वबिधयालय, ल्याव, लाइब्रेरी तथा पार्टटाईम कामका लागि बित्ने गरेकोमा सोनसिकले आयोजना गरेको यस किसिमको अभ्यासलाई राम्रो प्रयासका रूपमा हेर्न सकिन्छ ।

Facebook Comments Box