NRNA ख्यङसाङनाम्दादो शाखाको आयोजनामा भएको नेपाली राजदुतावासको घुम्तीसेवा भब्य रुपमा सम्पन्न

कोरियाअपडेट समाचार

विष्णु गुरुङ
सौल / दक्षिण कोरिया

नेपाली राजदूतावास, सिओलको आयोजना र गैर आवासिय नेपाली संघ, ख्वाङसाङ क्षेत्रिय समिति,दक्षिण कोरीयाको सह-आयोजनामा मितिः२०८०।५।२३ र २४(सन् २०२३ सेप्टेम्बर ९ र १०) किम्हे शहर, दक्षिण कोरियामा श्रमिक सचेतना अन्तरक्रिया कार्यक्रम तथा कन्सुलर सेवा प्रवाह सम्बन्धि कार्यक्रम संचालन गरियो १३० जना भन्दा बढी लाई सेवा दिएर भब्य रुपमा सम्पन्न भएको NRNA ख्यङसाङनाम्दाेका अध्यक्ष सुबोध भण्डारीले बताउनु भएको छ !

 

 

 

उहाका अनुसार भाैगाेलिक दुरिकाे हिसाबले सउल द.काेरिया देखि धेरै टाढा रहेकाे दक्षिणी भेग ख्यङसाङनाम्दाे बुसान र वरपर रहेका नेपाली दाजुभाइ दिदीबहिनीहरुकाे साझा समस्यालाई मध्यनजर गरि राहदानी नवीकरण, श्रमिक अन्तरक्रिया तथा दुतावास सँग सम्बन्धित सेवाहरुलाई यसै क्षेत्रबाट सेवादिने उद्देश्यले विगत केही वर्षदेखि नै ख्यङसाङनाम्दाे बुसान शाखाले आवस्यकता अनुसार घुम्ती सेवा तथा शिविर आयोजना गर्दै आइरहेको र यसपाली पनि १३० जना भन्दा बढी लाई सेवा दिएर कार्यक्रम भब्य रुपमा सम्पन्न गरिएको हो!

NRNA ख्यङसाङनाम्दादो शाखाका उपाध्यक्ष दोस्तिहाङ राईले जानकारी दिनु भए अनुसार, यसपाली मजदुरहरुको समस्या र गुनासाहरुलाई मध्यनजर गर्दै श्रमिक अन्तरक्रिया कार्यक्रम पनि राखिएको थियो ! अन्तरक्रिया कार्यक्रममा श्रम काउन्सुलर चन्द्र कला ओलीले श्रम र यससंग सम्बन्धित बिसयेमा प्रकाश पार्नु भएको थियो ! सेप्टेम्बेर १० तारिखका दिन ख्यङ्साङ्नाम्दोको तल्लो क्षेत्रमा रहेको किम्हे शहर जहाँ नेपाली समुदायको धेरै बाहुल्यता रहेको छ उक्त ठाउँमा नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई केहि राहत हुने विस्वास का साथ राजदुतावास को घुम्ति सेवा शिविर आयोजना गरियको हो !

Facebook Comments Box