प्रथम नेपाली कम्युनिटी भलिबल कप फ्यङथेक माईग्रेन्ट हिलिङ सेन्टरले आयोजना गर्ने

कोरियाअपडेट समाचार

कामदार दैनिक
सौल/ दक्षिण कोरिया ।

शेल्टर व्यवस्थापन तथा आपतकालीन राहत कोष‌ स्थापनार्थ फ्यङथेक माइग्रेन्ट हिलिङ सेन्टर द्वारा 경기도 평택시 청북면 원율북로 23 번길 19-7 मा रहेको 율북체육공원 मा अक्टोबर २९ तारिखका दिन प्रथम नेपाली कम्युनिटी भलिबल कप २०२३ हुने भएको छ।

खेङ्गिदो फ्यङथेक स्थित २०१२ सालमा स्थापना भई निरन्तर नेपाली दाजुभाईहरुको आपतविपतमा सहयोग हुँदै आइरहेको संस्था द्वारा आयोजित प्रतियोगितामा विजेता टिम र उपविजेता टिमले आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १३ लाख कोरियन वन प्राप्त गर्ने छन् भने र सेमिफाइनल पुग्ने २ टिमले ५/५ लाख वन र प्रमाणपत्र प्राप्त गर्नेछन्। अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीले १ लाख कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र साथै उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर र उत्कृष्ट ब्लकरले जनही ५०/५० हजार कोरियन वोन सहित ट्रफी र प्रमाण पत्र प्रदान गरिने कार्यक्रम संयोजक गोविन्द ढकालले जानकारी दिए ।

 

टिम दर्ता शुल्क ३लाख ५० हजार वन वन तोकिएको प्रतियोगितामा भाग लिनको लागि अक्टोबर २२ तारिख दिउसो १२ बजे सम्म SHRESTHA JEETENDRA KUMAR को NH बैङकको 3522132939873 खाता नम्बरमा रकम जम्मा गर्नुपर्ने छ र टाइसिट वाडफाड कार्यक्रम पनि २२ तारिख  दिउसो १ बजे हुनेछ।

Facebook Comments Box