उल्सानमा ‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’ अप्रिल २ मा हुँदै

कोरियाअपडेट खेलकुद

सौल/दक्षिण कोरिया 

हिमालय फुटबल क्लव उल्सान दक्षिण कोरियाको आयोजनामा आगामी अप्रिल २ मा ‘प्रथम हिमालयन कप फुटसल प्रतियोगिता’को आयोजना गर्ने भएको छ ।

स्वास्थ्यका लागि खेलकुद भन्ने उदेश्यका साथ हिमालयन फुटबल क्लवले उक्त फुटसल प्रतियोगिताको आयोजना गर्न लागेको क्लबका अध्यक्ष दामोदर पौडेलले जानकारी दिएका छन् ।

खेललाई सभ्य र भब्य रुपमा सम्पन्न गर्नका साथै प्रतियोगितामा सहभागी हुन हिमालयन क्लवले दक्षिण कोरियाका सम्पूर्ण क्लव र संघ संस्थाहरुलाई अनुरोधसमेत गरेको छ ।

क्लवका अनुसार मार्च १९ तारिखसम्ममा टिम प्रतियोगी टिमले टिम दर्ता गरिसक्नु पर्नेछ । टिम दर्तातका लागि तीन लाख वन निर्धारण गरिएको छ ।

त्यस्तै टिम दर्ता शुल्क अनलाइनमार्फत पनि पठाउन सकिने छ । टिम दर्ताका लागि ०१०६३२९१०९० (आईबीके दामोदर पौडेल)मा रकम पठाउन सक्नेछन् ।

प्रतियोगिताको विजेता टिमले ३० लाख वन साथै ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तैगरी दोस्रो हुने टिमले २० लाख वन, ट्रफ्रि मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

त्यस्तैगरी खेल अवधिभरका वेस्ट किप्परले एक लाख वन, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै वेस्ट प्लेयर र हाइ स्कोररले पनि एक लाख वन, ट्रफि र सर्टिफिकेट प्राप्त गर्ने आयोजक हिमालयन फुटबल क्लवले जनाएको छ ।

थप जानकारीका लागि दामोदर पौडेल ०१०६३२९१०९०, जीवन गुरुङ ०१०५९३०६०५५ र सानु कन्दङ्वा ०१०२३७०९७५२ मा सम्पर्क गर्न सकिनेछ ।

Facebook Comments Box