मैत्रीपुर्ण भलिबल प्रतियोगिता आठौं रेसुङ्गा भलिबल कप २०२३ कोरियामा सम्पन्न हुँदै

कोरियाअपडेट खेलकुद

मेघनाथ पौडेल
सउल/ दक्षिण कोरिया।

गुल्मी जिल्ला बाट दक्षिण कोरिया आउने नेपालीहरुको साझा संस्था गुल्मी सम्पर्क समितिले आगामि अप्रिल ३० मा मैत्रीपूर्ण भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ । आठौं रेसुङ्गा भलिबल कप-२०२३ नाम दिईएको उक्त भलिबल प्रतियोगिता भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी आयोजना गरिएको हो ।

सउल स्थित सङबुक खेलमैदान मा आयोजना गरिएको उक्त प्रतियोगिताको मुख्य नारा “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान राष्ट्रिय खेल भलिबल बचाउ हाम्रो अभियान” राखिएको छ । आयोजक संस्था गुल्मी सम्पर्क समितिको हालै जारि एक सार्वजनिक सूचना अनुसार उक्त खेल क्षेत्रमा जानका लागि सउल मेट्रोको वलगोक स्टेशनको दुई नम्बर गेट बाट निस्केर जान सकिने अथवा 성북 국민 체육관 서울 성북구 화랑로 13 길 144 यो ठेगाना मार्फत कार्यक्रम स्थल पुग्न सकिने जनाइएको छ ।

मैत्रीपुर्ण भलिबल प्रतियोगितामा भाग लिई विजेता टिम र उपविजेता बन्न सफल टिमलाई नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाण पत्रले सम्मान गरिने आयोजकले जनाएको छ । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाईकर, उत्कृष्ट लिब्रो, उत्कृष्ट सेटर र उत्कृष्ट ब्लकरलाई पनि नगद सहित मेडल, ट्रफी र प्रमाण पत्रले सम्मान गरिने भएको आयोजकले जनाएको छ । यसै बिच प्रतियोगितामा सहभागीताका लागि टिम दर्ता शुल्क ३ लाख कोरियन वोन तोकिएको र आगामि अप्रिल २३ सम्म आवेदन खुल्ला राखिएको आयोजकले बताएको छ ।

Facebook Comments Box