“दुवईमा नेपाललाई ५ स्वर्ण “

खेलकुद समाचार

मित्र राष्ट्र दुवईमा यही अप्रिल २८ देखि सन्चालन भएको दुवई बुदोकान कप-२०२४ अन्तराष्ट्रिय कराते प्रतयोगितामा नेपाललाई ५ स्वर्ण,एक रजत र एक कास्य पदक प्राप्त भएको छ । उक्त प्रतियोगितामा सिनियर तर्फ -६० किलोमा बुद्धीमान माझी,१२-१३ वर्ष उमेर समुहमा कुशल खत्री,११-१२ उमेर समुहमा दिज्ञ शाह र १४-१६ बर्ष उमेर समुहमा सोर्निमा सिंह ठकुरीले नेपाललाई स्वर्ण दिलाए । माझीले पहिलो स्पर्धा भारत संग २-१ ,श्रीलंका संग ३-२ र फाईनलमा दुवई संग १-० अन्तरको जित संगै स्वर्ण पदक बिजेता बनेका थिए । त्यसैगरी खत्रीले सेमिफाईनलमा भारत लाई ७-० ले पराजित गर्दै फाईनलमा लेवनानका खेलाडी आदमलाई १-१ अंकको वरावरीमा सेन्सोको आधारमा पराजित गर्दै स्वर्ण हात पारे । अघि उनले एकल एकल कातामा पनि स्वर्ण हातपारी दोहोरो स्वर्ण पदक नेपाललाई दिलाएका थिए । चिल्ड्रेन ११-१२ वर्ष उमेर समुहमा शाहले सेमिफाईनलमा लेवनानका खेलाडीलाई ३-० को अन्तरले हराउदै,फाईनलमा भारतका खेलाडी लाई ६-२ ले पराजित गरि नेपाललाई स्वर्ण दिलाए ।त्यसैगरि १४ -१६ बर्ष उमेर समुहमा नेपलकी सोर्निमा सिंह ठकुरीले सेमिफाईनलमा दुवईका खेलाडीलाई २-१ ले पराजित गरि फाईनलमा भारतका खेलाडीलाई ३-२ ले हराउदै स्वर्ण दिलाउन सफल भईन ।उक्त प्रतियोगितामा सहभागी प्रास्ना ढकालले पहिलो स्पर्धा भारतका खेलाडीलाई २-१ ले हराउदै सेमिफाईनलमा लेवनानका खेलाडी संग ५-३ ले पराजित भई कास्य पदकमा सिमित भएको,उक्त टोलीका टोली नेता एवम नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले जानकारी गराए ।गत शुक्रवार ७ सदस्य टोली सहित दुवई प्रस्थान गरेको उक्त टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता एवम अन्तराष्ट्रिय रेफ्री गजेन्द्र बहादुर खपाङ्गी ‘ईश्वर’ र टोली व्यवस्थापकमा पुष्पराज गिरीले भुमिका निर्वाह गरेका थिए ।
कराते टोली मंगलवार स्वदेश फर्कने छ ।

Facebook Comments Box