बुदोकान कप करातेमा नेपाललाई ६ स्वर्ण

खेलकुद प्रवास समाचार

काठमाडौं । दुबईमा सम्पन्न दुबई बुदोकान कप अन्तराष्ट्रिय कराते प्रतयोगिता २०२४ मा नेपाललाई ६ स्वर्ण र एक कास्य पदक प्राप्त भएको छ । अप्रिल २८ मा भएको उक्त प्रतियोगितामा सिनियर तर्फ -६० किलोमा बुद्धीमान माझी, १२–१३ वर्ष उमेर समुहमा कुशल खत्री, ११–१२ उमेर समुहमा दिज्ञ शाह र १४–१६ बर्ष उमेर समुहमा सोर्निमा सिंह ठकुरीले नेपाललाई स्वर्ण पदक दिलाए । यसैगरी महिला तर्फको १२–१३ उमेर समुहमा प्राश्ना ढकालले कास्य पदक दिलाईन । माझीले पहिलो स्पर्धा भारतसँग २–१, श्रीलंकासँग ३–२ र फाईनलमा दुबईसँग १–० अन्तरको जितसँगै स्वर्ण जितेका थिए । उनले एकल काता तर्फपनि स्वर्ण पदक हासिल गरेका थिए ।
त्यसैगरी खत्रीले सेमिफाईनलमा भारतलाई ७–० ले पराजित गर्दै फाईनलमा लेवनानका खेलाडी आदमलाई १–१ अंकको वरावरीमा सेन्सोको आधारमा पराजित गर्दै स्वर्ण हात पारे । खत्री उक्त उमेर समुहका काता तर्फका पनि स्वर्ण विजेता हुन् । यसैगरी चिल्ड्रेन ११–१२ वर्ष उमेर समुहमा शाहले सेमिफाईनलमा लेवनानका खेलाडीलाई ३–० को अन्तरले हराउँदै फाईनलमा भारतका खेलाडीलाई ६–२ ले पराजित गरी नेपाललाई स्वर्ण दिलाए ।

त्यसैगरि १४–१६ बर्ष उमेर समुहमा नेपलकी सोर्निमा सिंह ठकुरीले सेमिफाईनलमा दुबईका खेलाडीलाई २–१ ले पराजित गर्दै फाईनलमा भारतका खेलाडीलाई ३–२ ले हराउदै स्वर्ण दिलाउन सफल भईन । त्यसैगरी प्रास्ना ढकालले पहिलो स्पर्धामा भारतका खेलाडीलाई २–१ ले हराउँदै सेमिफाईनलमा लेवनानका खेलाडीसंँग ५–३ ले पराजित भई कास्य पदकमा चित्त बुझाईन् । गत शुक्रबार दुबई प्रस्थान गरेको कराते टोलीको नेतृत्व नेपाल सितोरियो कराते संघका प्रवक्ता गजेन्द्र बहादुर खपाङगी ‘ईश्वर’ ले गरेका थिए । सात सदस्य टोली टोली सहित दुबई प्रस्थान गरेको उक्त टोलीको व्यवस्थापकको भूमिका पुष्पराज गिरी निर्वाह गरेका थिए । कराते टोली मंगलबार स्वदेश फर्किएको थिए । सहभागी सम्पूर्ण खेलाडिहरु नेपाल सितोरियो कराते संघ शाखा डोजो नक्सालका खेलाडिहरु हुन् । स्वदेश फिर्ता खेलाडि तथा सहभागीहरुलाई अभिभावक तथा कराते प्रेमीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

 

Facebook Comments Box