पाँच वटा मुक्तकहरु

कोरियाअपडेट साहित्य

-एस के भट्टराई “सत्य

१.
फर्काउन गुमेको विरासत परदेशीनु पर्यो
कमाउनकै लागि रजत परदेशीनु पर्यो।।
अरु उच्च शिक्षा आर्जन गर्न परदेशीन्छन।
मैले फेर्न घरको चुहिने छत परदेशीनु पर्यो।।
२.
भत्काउनै पर्छ प्रेमको जग यस्तै होभने।
मैले हुनु छैन कत्ति डगमग यस्तै हो भने।।
सधैं रुखो वचन खस्रो बोली बोलीरहन्छौ।
हुन जरुर छ हामी अलग यस्तै हो भने।।
३.
बजार गयो केटी जिस्काइ समय बित्छ।
दिनभरि गाली खाइखाइ समय बित्छ।।
प्रगति गर्न तक्दिरले साथ नदिए पछि।
यो भाग्यमा खोट छ गीत गाइ समय बित्छ।।
४.
मुटु पोल्छ भतभती तिमी गएदेखि।
पाएको  छैन ओखती तिमी गएदेखि।।
नयाँ जीवनको सुरुवात गरेछ नसाच्नु  है।
अलपत्र छ पिरती तिमी गएदेखि।।
५.
बनाइदिउँला मायाको तमसुक पीर नगर।
म गर्दिन कतै बर्याकबुरुक पीर नगर।।
समय दिन्न भन्छछौ खालि रिसाइ रहन्छौ।
एकदिन बेस्सरी गरौला सट्याकसुटक पिर नगर।।
एस के भट्टराई “सत्य”
शुभकालिका गापा
कालिकोट
हाल:दक्षिण कोरिया

Facebook Comments Box