जनसम्पर्क समिति कोरियाले शनिवार आन्सानमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गर्दै

कोरियाअपडेट समाचार

कामदार दैनिक 

सौल/ कोरिया ।

नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले संगठनको चुस्तता र दुरुस्तता कायम राख्ने गरी कोरियाका सबै आफ्ना आठ वटा नै क्षेत्रमा क्षेत्र सँग केन्द्र रहने कार्यक्रम गर्दै आएको छ।

गत हप्ताको शनिबार राजधानी सिओलको नमस्ते रेष्टुरेन्टमा नेपाली जनसम्पर्क समिति क्षेत्र नं १को आयोजना र केन्द्रको समन्वयमा भब्य रूपमा कार्यक्रम सम्पन्न भई दोश्रो कार्यक्रम क्षेत्र नं ४आन्सानमा भोलि मिति २०२४/०१/०६तारिक शनिबारका दिन क्षेत्रको आयोजना तथा केन्द्रको समन्वयमा कार्यक्रम गर्ने र उक्त कार्यक्रमको तयारी पुरा भइसकेको महामन्त्री राम प्रसाद उप्रेतीले जनाएका छन।

उक्त क्षेत्र नं ४को आयोजनामा हुने कार्यक्रमको प्रमुख अतिथि नेपाली काङ्ग्रेस गुल्मी जिल्लाका पार्टी सभापति एबम रेसुङ्गा नगरपालिकाका नगर प्रमुख श्री खिलध्वज पन्थी तथा काठमाडौँ जिल्ला कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख श्री उपेन्द्र कार्की रहने जनसम्पर्क समिति दक्षिण कोरियाका सभापति भजीन्द्र क्षेत्रीले जनाएका छन।

कार्यक्रमममा भेटघाट तथा समसामयिक राजनीतिक विषयमा अन्तर्क्रिया गरिने क्षेत्रीय उपसभापति शक्ति केसीले बताएका छन्। कार्यक्रमममा जनसम्पर्क समितिले सम्पूर्ण पदाधिकारि,सल्लाहकार, क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय कार्यसमिति, काङ्ग्रेसका महासमिति सदस्य महाधिवेशन प्रतिनिधि,शिक्षक, विधार्थी,पत्रकार, ब्यापारी बुद्घिजीबि तथा जनसम्पर्क समिति कोरिया सँग आबद्ध रहने सबैलाई आह्वान गरिएको जनाएको छ।

Facebook Comments Box