मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी

मनोरन्जन समाचार साहित्य

काठमाडौँ, ३ फागुन :दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘नगरको शान दिक्तेलको स्वाभीमान, मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला संस्कृतिको सम्मान’ मूल नाराका साथ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ आयोजना गर्ने भएको छ । उक्त प्रदर्शनी काठमाडौँको बबरमहरस्थित नेपाल कला परिषद् (नेपाल आर्ट काउन्सिल)मा यही फागुन ५ गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईका अनुसार उक्त प्रदर्शनीमा ५० देशका चित्रकारले बनाएका एक सय ७० भन्दा बढी चित्र राखिने छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालगायत खोटाङ जिल्लाका समग्र सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्र भल्किने चित्र समावेश गरिने छन् ।

गत असोजमा १९ विदेशी तथा २४ स्वदेशीसहित ४३ चित्रकारको टोलीलाई जिल्लाका विभिन्न क्षेत्रको अवलोकन भ्रमण गराइ स्थानीयस्तरका सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका लागि एक सय नौ चित्र बनाइएको नगरप्रमुख भट्टराईले बताउनुभयो ।

Facebook Comments Box