वासु रिमाल ‘यात्री’ पुरस्कार लामिछाने र विश्वकर्मालाई

साहित्य

काठमाडौँ, ४ फागुन: यस वर्षको वासु रिमाल ‘यात्री’ पुरस्कार राष्ट्रिय समाचार समिति केन्द्रीय कार्यालयमा कार्यरत उपव्यवस्थापक एवं रासस कर्मचारी सङ्घका पूर्वअध्यक्ष मनोजकुमार लामिछाने र कोशी प्रदेश कार्यालय झापामा कार्यरत कार्यालयसहयोगी बलबहादुर विश्वकर्मालाई प्रदान गरिने भएको छ ।

राससको ६३औँ वार्षिकोत्सवका अवसरमा यही फागुन ७ गते राजधानीमा आयोजना गरिने कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिने रासस कर्मचारी सङ्घका महासचिव छविलाल कुमालले बताउनुभयो । उहाँले दुवै पुरस्कारको राशि जनही रु सात हजार सात सय ७७ र सम्मानपत्र रहेको छ ।

विसं २०४७ मा रिमालको नेतृत्वमा सङ्घको स्थापना भएको हो । पुरस्कार स्थापनाका लागि वासु रिमालकी धर्मपत्नी शारदाले आर्थिक सहयोग गर्नुभएको हो । राससको वार्षिकोत्सवमा प्रत्येक वर्ष समितिमा कार्यरत कर्मचारीलाई उक्त पुरस्कार प्रदान हुँदै आएको छ ।

Facebook Comments Box