जीवनको ३१ औं बसन्त भयो तर आफैँले आफूलाई बुझ्न सकिनँ – अवधेश राज चौरसिया

कोरियाअपडेट

जीवनको जिउँदै गरेको आज ३१ बर्ष भयो तर म आज आफैँले बुझ्न सकिनँ,जीवन भनेको के हो र आखिर यसको परिभाषा के हो भनेर । म आफैँले आफूलाई सोध्ने गर्छु प्रश्न अनि आफुमै हराएर यसको जवाफ खोज्ने प्रयास गर्छु । रातदिन जीवन आखिर के हो भने विषयमा खोज्दा खोज्दै आज बल आफुले खोजेको जवाफ पाएको अनुभव लाग्यो ,जीवन एउटा यात्रा होू ,जुन यात्रामा धेरै कुरा भोग्न,बुझ्न,गर्न,सहभागी हुन र अरु अन्य धेरै खालको कुरामा सहभागी हुन सकिन्छ ।

जिवन के हो त आखिरमा ? कतिको विचार अनुसार जीवन भनेको संघर्ष हो, संघर्ष गर्दै बिताउनु नै जीवन हो त रु संघर्षमा कहिले हाँस्नु पर्छ त कहिले रूनु, जीवन एकनास पनि छैन कहिले घाम त कहिले पानी भन्ने गर्दछन् । कोही भन्छन् जीवन भनेको खानु पीउनु र मोजमस्ती गर्नु नै जीवन हो इत्यादी, इत्यादी भनेर व्याख्या गर्ने गर्छन् । के तपार्इंको विचारमा जीवन भनेको यस्तै नै हो तरु कतिको भनाइ यस विषयमा यही नै हो भनेर व्याख्या गर्नु गाह्रो छ भन्दछन्, धेरै विद्वानहरूले यसका लागि धेरै समय खर्च गरेका छन्, तर जीवन यही नै हो भन्न धेरै गाह्रो छ ।

कतिको जीवन हाँसेर बितेको हामी देख्छौ तर कति रोएर बसेको हामी देख्छौ , कोही धनी छन् त कोही गरीब, कोही शारीरिक रूपमा राम्रा छन् त कोही नराम्रा, कोही अग्ला छन् त कोही होँचा, कोही काला छन् त कोही गोरा भिन्न मान्छेबाट भिन्नै प्रकारका जवाफ र व्याख्या हामी पाउँछौं हैन र त्यसकारण जीवन यही हो भन्न कठीन छ ।

अनेक मान्छेका धारणा फरक फरक र जीवन जिउने तरिकानी भिन्नै हुने भएकोले महिले सबैको बिचार सुनेर एउटैमात्र शब्दमा भनु पर्दा जीवन यात्रा हो । जीवन एउटा जन्मे देखि मृत्युको दिन समको यात्रा हो । जुन यात्रा गर्दा मानिसले आफ्नो एउटा परिचय बनाउन छ । फेरि भने गर्नुहोला परिचय त आफ्नो नाम होइनर ? तर मेरो विचारमा परिचय आफुलेनै जिवनको यात्रा गर्दा गर्दै बनाउने हो । नाम केबल हाम्रो जिवनको यात्रामा बोलाउनको लागि दिएको एउटा शब्द हो , जुन शब्दलाई नाम भनिएको हो ।

महिले बुझेको जिवनको परिभाषा आज जीवनको परिभाषा खोजेर हिँडदा हिँडदै आज आफूलेनै जिवनका केही यात्रा हिडिसके र अझै केही यात्रा हिड्न बाकी छ । सुखी सम्बृद्ध जीवनाई बिताउनु जीवनको परिभाषा नै । हुन सक्छ फरक फरक मानिसमा फरक फरक हुँदोरैछ सोचाइ पनि सबैलाई थाह नै छ जनम पछि मृत्यु निश्चित छ भन्ने पनि ।

म त भन्छु जीवनको परिभाषा एउटा कमलको फूल हो। जुन कमलको फूल हिलोमा उम्रिन्छ अनि फुल्दछ तर,त्यही कमलको फूल शुद्ध अनि पवित्र हुन्छ जीवन त्यो हो शुरुदेखि अन्तिम घडीसम्म संघर्ष गरिरहन्छ त्यही शुरुदेखि अन्तिम घडीसम्मको संघर्षलाई दस्तावेजमा लेखिन्छ त्यसलाई नै जीवनको परिभाषा भनिन्छ । जीवन जिउदा जिउँदै कति कुराहरु हामी सिक्दै जान्छौ भने कतिपय कुराहरु भोग्नु पर्छ । जीवनमा कति कुराले हामी धेरै कुरा सिकाउन छ भने हामीलाई नयाँ परिवार सँग जीवनको गोरेटोमा भेटाइदिन्छ ।

मानिसले जन्म लिन्छ त्यो कुनै नौलो कुरा होइन , तर जन्मे पछि उसको जीवन सुरु हुन्छ अनि आफ्नो जीवन कस्तो बनाउने र आफ्नो जीवनलाई कसरी परिचय दिने त्यो आफुमा भर पर्ने कुरा हो किनकी हरेक मानिस अनुसार जिवनको परिभाषा फरक हुन्छ । जस्मा मेरो परिभाषा यात्रा हो ।

(साभारःHamro kantipur.com)

Facebook Comments Box