जनकवि श्रेष्ठलाई ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ प्रदान गरिने

साहित्य

काठमाडौँ, ८ फागुन : आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पु¥याएको योगदानको कदर गर्दै जनकवि श्रेष्ठलाई रु एक लाख राशिको सो पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानकी अनुसन्धान अधिकृत सरिना गुरुङले जानकारी दिनुभयो ।

नेवारी भाषामा धेरै साहित्य सृजना गर्नुभएका गीतकार श्रेष्ठले लेख्नुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गित लोकप्रिय छ । यसअघि सो पुरस्कार साहित्यकार तिलविक्रम नेम्वाङ र शताब्दी पुरुष वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीलाई प्रदान गरिएको थियो । यही फागुन ९ गते अन्तर्राष्ट्रिय मातृभाषा दिवसका दिन उक्त पुरस्कार प्रदान गरिने छ ।

Facebook Comments Box