नोन्सान समाजले पासपोर्ट नबिकरण सेवा मार्च २४ मा दिदै , HANPASS र लक्ष्मी सनराईजको सेवा पनि लिन सकिने

कोरियाअपडेट समाचार

कामदार दैनिक
सौल / दक्षिण कोरिया !

नेपाली राजदुतावाश दक्षिण कोरियाको आयोजना र नोन्सान नेपाली एकता समाजको सहआयोजनामा नेपाली राजदुतावासको पासपोर्ट नबिकरण सेवा मार्च २४ मा हुने नोन्सान नेपाली एकता समाजका अध्यक्ष सोनाम शेर्पाले बताउनु भयो !मार्च २४ का दिन बिहान १०:०० बजे बाट हुने उक्त कार्यक्रममा नेपाली राजदुतावाश दक्षिण कोरियाले श्रमिक अभिमुखीकरण तथा सचेतना कन्सुलर सेवा प्रवाह सम्बन्धी अन्तरक्रिया कार्यक्रम साथमा राहदानी नवीकरण सेवा समेत उपलब्ध गराउन लागेको र यसको सम्पूर्ण सहजीकरण नोन्सान नेपाली एकता समाज दक्षिण कोरिया, इक्सान नेपाली समाज दक्षिण कोरिया, छङ्उप नेपाली एकता समाज दक्षिण कोरिया, खिम्जे नेपाली समाज दक्षिण कोरिया र GIMJE BROTHERHOOD लगायतका सामाजिक सस्थाहरुले गरेका हुन् !

उक्त कार्यक्रममा HANPASS र लक्ष्मी सनराईजको सेवा पनि लिन सकिने र पासपोर्ट मात्र भएकाले पनि HANPASS बनाएर कोरिएन बैंक( वाल्लेट VIRTUAL ACCOUNT ) को एटीएम कार्ड लिन सकीने साथै लक्ष्मी सनराईजको बैंकको सामान्य खाता, DEMAT खाता, मोबाइल बैंकिङ लगाएत सम्पूर्ण सेवाहरु लिन सकिने आयोजकले बताएको छ !

कार्यक्रम समय: बिहानको १० बजे बाट
स्थान: 충청남도 논산시 관촉로277 번길 23-13,2~3 (논산다문화 가족지원센터)

कार्यक्रमको विस्तृत जानकारीको लागि नोन्सान नेपाली एकता समाज दक्षिण कोरियाका अध्यक्ष -श्री सोनम शेर्पा,सम्पर्क नं- ०१०७२६६४७२१ मा सम्पर्क गर्न सक्नुहुनेछ !

Facebook Comments Box