श्रममन्त्री र राजदूतबीच भेटवार्ता

कोरियाअपडेट प्रवास वैदेशिक रोजगार समाचार

काठमाडौँ, १३ चैत : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालसंग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क टाई योङले आज शिष्टाचार भेटवार्ता गर्नुभएको छ । श्रम मन्त्रालयमा आज सम्पन्न भेटवार्तामा उहाँहरुका बीचमा द्विपक्षीय श्रम सम्बन्धका विविधि पक्षका छलफल भएको बताइएको छ ।

श्रम मन्त्रालयका अनुसार उहाँहरु बीचमा दुई देशबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० औँ वर्षगाँठको उपलक्ष्यमा विगतका सहकार्यको पुनःस्मरण गर्दै द्विपक्षीय सम्बन्धलाई अझ उचाइमा पु¥याउने सम्बन्धमा कुराकानी भएको थियो ।

Facebook Comments Box